काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो राजीनामा पूर्णतः स्वविवेकको आधारमा भएको स्पष्ट पारेका छन्।
मंगलबार संसद् बैठकमै पद त्यागको घोषणा गरेका खतिवडाले बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, “मैले सुरुको दिनमै सरकारी गाडी फिर्ता गरिसकेको थिएँ। पार्टीले त हिजोसम्म पनि पदमा बसिरहन सुझाव दिएको थियो, तर मेरो मनले मानेन, त्यसैले राजीनामा दिएँ।”
निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको विवादपछि जीवन परियारको नेतृत्वमा बनेको छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहर गरेको थियो। समितिको प्रतिवेदन सार्वजनिक भएपछि खतिवडाले आज औपचारिक रूपमा पद त्याग गरेका हुन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया