काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिगो बुझ्ने सहमति जनाउनु नै अपराधको स्वीकारोक्ति भएको टिप्पणी गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले लामिछानेले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन चलाएकोप्रति व्यंग्य प्रहार गरे।
उनले भने, “राजनीतिक प्रतिशोध भन्दै चन्दा संकलन र हस्ताक्षर अभियान चलाइरहनु भएको छ। तर, त्यही व्यक्तिले बिगो बुझेर जमानतमा छुटाउन निवेदन दिएका छन्। म साथीहरूलाई सोध्न चाहन्छु— बिगो बुझ्नु भनेको आफैँ अपराध स्वीकार गर्नु होइन र?”
बर्तौलाले थपे, “जब तपाईंको अध्यक्ष र पार्टीले बिगो तिरेर अपराध स्वीकार गर्ने तहमा पुगिसके, त्यसपछि राजनीतिक प्रतिशोधको कुरा गर्नु नाटक मात्र हो भन्ने कुरा स्पष्ट भइसकेको छैन र?”
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया