इस्लामाबाद । पाकिस्तानी सेना प्रमुख असीम मुनीरको हालको ‘परमाणु’ चेतावनीपछि, प्रधानमन्त्री शाहबाज शरीफले पनि भारतलाई प्रत्यक्ष धम्की दिएका छन्।
मंगलवार इस्लामाबादमा आयोजित एक समारोहमा बोल्दै शरीफले भने, “शत्रुलाई यो कुरा बुझाउन चाहन्छु— यदि हाम्रो पानी रोक्ने धम्की दिइयो भने, यो मनमा राख, पाकिस्तानको एक थोपा पनि खोस्न सक्दैनौं।” उनले थप चेतावनी दिँदै भने, “फेरि पनि यस्तो कदम चालियो भने हामी सबक सिकाउनेछौं।”
यो बयान भारतले अप्रिल २३ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेपछि आएको हो। सो सन्धिअन्तर्गत पाकिस्तानले सिन्धु नदीको पानी पाउँदै आएको छ।
पहलगाम आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि “रगत र पानी एउटै साथ बग्न सक्दैन” भन्ने टिप्पणी गरेका थिए। शरीफको ताजा चेतावनीबारे भारतबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया