काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार, ओलीले बैठकमा हालै सम्पन्न आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिक विषयहरूबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

advertisement

प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजामा आयोजित भूपरिवेष्टित विकासशील राष्ट्रहरू सम्बन्धी संयुक्त राष्ट्रसंघको तेस्रो सम्मेलनमा सहभागी भएर फर्किएका हुन्।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com