काठमाडौं । गुन्डागर्दीको आरोपमा पक्राउ परेका गोरखाका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ सहित १९ जनाको प्रहरी अनुसन्धान पूरा भएको छ।

साउन १६ गते चक्रे मिलनको जन्मदिन मनाउने क्रममा महाराजगन्जस्थित होटल साम्बालाबाट उनीसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। प्रारम्भिक रूपमा अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान थालिएकोमा, छानबिनका क्रममा तीमध्ये १९ जनाको आपराधिक पृष्ठभूमि रहेको खुल्दा १० दिन थुनामा राखी अनुसन्धान गरिएको हो।

advertisement

जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गर्दै गरिएको अनुसन्धानमा, पक्राउ परेकामध्ये धेरैले यसअघि पनि अभद्र व्यवहारमा संलग्न रहेर मुद्दा खेपेको तथ्य खुलेको प्रहरीको दाबी छ। यसपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत मंगलबार चक्रेसहित १९ जनाविरुद्ध मुद्दा अदालतमा दर्ता गरिएको हो।

प्रहरीको प्रतिवेदन अनुसार, जन्मदिनको क्रममा सडक अवरुद्ध गर्ने र होटलभित्र होहल्ला गर्ने कार्य भएको थियो। तर चक्रे मिलनले आफ्नो बयानमा आफू नेकपा (एमाले)को गोरखा जिल्लास्तरीय राजनीतिमा सक्रिय कार्यकर्ता भएको दाबी गर्दै भनेका छन्— “शुभचिन्तकहरूले आयोजना गरेको जन्मदिनमा म सहभागी मात्र भएको हुँ। साथीहरूले ल्याएको केक काटेको हो, अन्य कुनै अभद्र गतिविधि गरेको छैन।”

प्रहरीले अभद्र व्यवहारको मुद्दामा चक्रे समूहका १९ जनामाथि एक वर्ष कैद सजायको माग गर्दै प्रतिवेदन बुझाएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com