काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले कैलाली कारागारमा भएको झडपले सरकारले संचालन गर्दै आएको सुशासनको वास्तविक स्थिति देखाएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद थापाले प्रश्न गरे, “सुरक्षा घेराभित्र रहेको कारागारमा झडप भएको ४८ घण्टा बित्दा पनि सुरक्षाकर्मी प्रवेश गर्न नसक्नु कस्तो सुशासन हो? यदि कारागार भित्र सुरक्षाको व्यवस्था सरकारले गर्न सक्दैन भने, बाहिरको सुरक्षा र सुशासनमा हामी कसरी विश्वास गर्न सक्छौं?”
गत शुक्रबार कैलाली कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको थियो भने करिब तीन दर्जन बढी घाइते भएका थिए।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया