काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य रेखा थापाले पार्टीभित्रको आन्तरिक किचलोप्रति प्रश्न उठाएकी छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै थापाले लेखेकी छन्, “राप्रपा भित्रको किचलोले विशेष महाअधिवेशनको माग जन्माएको छैन र?”
यसअघि बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको थियो। चाबहिलस्थित एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाबीच हात हालाहालसम्म पुगेको घटना भएको थियो।
अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रम स्थलमा उपस्थित भएपछि झडप सुरु भएको थियो। झडपपछि लिङ्देनले अधिवेशन स्थगित गरिएको घोषणा गरेका थिए।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया