काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूले जतिसुकै अस्थिरता फैलाउने प्रयास गरे पनि सरकार आगामी ०८४ सम्म कायम रहने स्पष्ट पारेका छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, “बलियो संसदीय गणितको आधारमा उभिएको सरकार ‘आजै ढल्छ, भोलि ढल्छ’ भन्ने हल्ला र प्रचारका बावजुद नढल्ने छ। प्रचण्डले अस्थिरताको पक्षपोषण गर्नुको कारण स्पष्ट छैन। के का लागि हो? यो देशको राजनीतिक र नीतिगत स्थिरताका लागि त पक्कै होइन।”

advertisement

प्रधानमन्त्री ओलीले आगामी ०८४ सम्म वर्तमान राजनीतिक समीकरणले काम गर्ने समेत स्पष्ट पारे। उनले भने, “आजै ढल्छ, भोलि ढल्छ भन्ने कुरा अस्थिरता फैलाउने मात्र हो। जतिसुकै प्रयास गरे पनि यो सरकार स्थिर छ र आगामी ०८४ सम्म यही समीकरण अघि बढ्ने छ।”

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com