काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको दिगो विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य रहेको बताएका छन्। स्वावलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठूला राजनीतिक दल एक भएर सरकार सञ्चालन गरिरहेको उल्लेख गरे।

उनले हाल मुलुकमा स्थिर सरकार रहेको र त्यसले लगानीमैत्री वातावरण निर्माण गरेको दाबी गर्दै उद्यमी तथा व्यवसायीलाई रोजगारी सिर्जना र आर्थिक समृद्धिमा सक्रिय भूमिका निभाउन आह्वान गरे।

advertisement

कार्यक्रममा मन्त्री गुरुङले रु २ लाख राशिको “लघु उद्यमशील विकास पुरस्कार” छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरे। स्वावलम्बन विकास केन्द्रले यस वर्षको पुरस्कार उक्त संस्थालाई दिने निर्णय गरेको हो।

त्यसैगरी, रु २ लाख राशिको “शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार” सफल उद्यमी तथा सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको छ। साथै, उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार अन्तर्गत जनही रु ५० हजार राशि विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com