काठमाडौं । गृहमन्त्री रमेश लेखकले रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)का सभापति रवि लामिछानेलाई न्यूनतम सुविधाबाट बञ्चित नगरिएको दाबी गरेका छन् ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
मानवअधिकारको टोलीले कारागारको स्थलगत अध्ययन गरेको र आफ्नो धारणा सार्वजनिक गरेको अवस्थामा गृहमन्त्री लेखकले आज संसदीय समितिमा यस्तो प्रष्ट पारेका हुन् । उनले लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको दाबी गरे ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार












प्रतिक्रिया