काठमाडौं । युइएफए सुपर कपको उपाधि पेरिस सेन्ट–जर्मेन पीएसजीले जितेको छ। टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले २०२५ को आफ्नो पाँचौं उपाधि जितेको हो।

फ्रेन्च क्लबले खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै यो जित हात पारेको हो । स्टाडियो फ्रिउलीमा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो।

advertisement

तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भएको हो। ८६औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए।

पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो। तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टीमा सफल पार्‍यो। अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए।

 

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com