काठामाडाैं । कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएको घटनापछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानेर सरुवा गरिएको छ।

बुधबार मन्त्रालयले हमाललाई बोलाएर उनको स्थानमा दाङका सिडिओ कृष्णप्रसाद लम्साललाई नियुक्त गरेको हो। लम्साललाई दाङबाट कैलाली पठाइएको छ भने दाङमा हाल नयाँ सिडिओको तोकाइ भएको छैन।

advertisement

साउन २३ गते राति कैलाली कारागारका दुई ब्लकमा रहेका कैदीबन्दीबीच भएको झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो। घटनामा ४७ जना कैदीबन्दी घाइते भएका थिए।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com