काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी सेवा दिन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

पार्टीको सूचना सञ्चार तथा प्रचार विभागद्वारा बिहीबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले विज्ञान र प्रविधिको युगमा जनजीवनको शैली नै बदलिएको उल्लेख गरे।

advertisement

उनका अनुसार कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चार नीति मार्फत सूचना र प्रविधि दुर्गम क्षेत्रमा पु¥याउन सफल भएको छ। नवपर्वतन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको उल्लेख गर्दै उनले वर्तमान सरकार ‘डिजिटल नेपाल’ निर्माणमा अग्रसर रहेको बताए।

देउवाले डिजिटल प्रविधिका अनेक सकारात्मक पक्ष रहेको तर पछिल्ला वर्षमा यसको नकारात्मक असर पनि देखिन थालेको बताउँदै त्यसलाई रोक्न सरोकारवाला निकाय र आम नागरिक दुवै सचेत रहनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com