काठमाडौँ । सुदूरपश्चिममा गएरातिदेखि लगातार परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। पानीको सतह बढेपछि कञ्चनपुरस्थित शारदा ब्यारेज पुलमा ठूला सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ११ बजेसम्म नदीमा पानीको प्रवाह १ लाख २६ हजार ७१२ क्यूसेक मापन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले वर्षा जारी रहेकाले पानीको सतह अझै बढ्ने सम्भावना रहेको बताए।

advertisement

नेपाल–भारत सीमामा पर्ने बनबासा पुलमा हाल चार पाङ्ग्रे सवारीको आवागमन रोकिएको छ भने दुई पाङ्ग्रे सवारी र पैदल यात्रुहरूलाई आवतजावत गर्न अनुमति दिइएको छ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com