काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृत्वको सरकारले लागू गरेका नीतिले मुलुकका टाढापछाडाका बस्तीसमेत प्रविधिको पहुँचमा आएको दाबी गरेका छन्। उनले कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको बताए।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक एक दिने अन्तर्क्रियामा बोल्दै देउवाले जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रीत प्रविधि विकासमा जोड दिने प्रतिवद्धता व्यक्त गरे।

advertisement

उनका अनुसार कांग्रेस नेतृत्वको पहलमा जारी दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमहरूले दुर्गम बस्ती र नागरिकसम्म प्रविधि पु¥याएको छ, तर प्रविधि क्षेत्रमा अझ धेरै काम गर्न बाँकी छ।

डिजिटल प्लेटफर्मको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्नुपर्ने उनको भनाइ छ। साथै, डिजिटल क्षेत्रमा देखिएका असुरक्षाका चुनौती समाधान गर्न सरकार र सरोकारवालाले समयमै ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे।

देउवाले पार्टीको प्रचार विभागले आयोजना गरेको यो कार्यक्रम डिजिटल सचेतना बढाउने र ठोस नीति निर्माणका लागि मार्गदर्शन गर्नेमा विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com