काठमाडौँ । रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार कार्यालय रूपन्देहीमा सुरक्षित र छुट्टै बन्दीगृहमा राखिएको छ। बिहीबार कारागार प्रशासनका प्रमुख सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाई जाली राखिएको छ।
विज्ञप्तिमा भनिएको छ, “रवि लामिछानेको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उनलाई प्रारम्भदेखि नै अलग्गै कोठामा राखिएको छ। उक्त कोठामा छुट्टै शौचालय र प्रारम्भदेखि उपलब्ध गराइएको टेलिफोन तथा भेटघाटको सुविधा निरन्तर कायम राखिएको छ।”
कारागारको क्षमता २५० जना भए पनि हाल यहाँ ६४० जना बन्दी रहेको प्रशासनले जानकारी दिएको छ। प्रशासनले स्रोत साधनको प्रभावकारी प्रयोग गर्दै सबै बन्दीलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने, टेलिभिजन हेर्ने र आफन्तसँग भेटघाट गर्ने सुविधा उपलब्ध गराइरहेको जनाएको छ।
लामिछानेलाई सुप्रिम बचत तथा ऋण सहकारीसँग सम्बन्धित अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया