काठमाडौं । वरिष्ठ अभिनेता नीरविक्रम शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाली राजनीतिका सबैभन्दा परिष्कृत नेता भनेर मूल्यांकन गरेका छन्।
बिहीबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अभिनेता शाहले भने, “म उहाँलाई नेपाली राजनीतिको सबैभन्दा परिष्कृत व्यक्तिका रूपमा स्मरण गर्न चाहन्छु। समाज, उहाँ संलग्न पार्टी र उहाँको लोकतान्त्रिक विचारधारालाई पछ्याउनेहरूले अझै धेरै कुरा सिक्न बाँकी छ।”
शाहले भने कि समयले आफूलाई ठूलो चुनौतीको रूपमा उपस्थित भएको महसुस भएको छ। उनले थपे, “त्यस्तै किसिमका चुनौती हटाउन यस किसिमका कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्छन्।”
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया