काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले प्रतिनिधि सभामा बिहीबार जानकारी दिँदै भारतको कलकत्ता बन्दरगाहमा हाल तीनवटा लोड भइसकेका जहाज होल्ड अवस्थामा रहेका कारण नेपालमा खरिद गरिएको ६० हजार टन युरिया मल भित्रिन नसकेको बताएका छन्।
उनका अनुसार पोर्टमा देखिएको जाम हटाउन पहल भइरहेको छ र कलकत्तास्थित बन्दरगाह प्रशासनसँग सहजीकरणका लागि अनुरोध पनि गरिएको छ। मन्त्री अधिकारीले किसानको मागअनुसार आवश्यक मात्रामा मल उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै ढिलासुस्तीका कारण समस्या बढेको बताए।
सांसदहरूलाई जानकारी दिँदै उनले भने, “समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको छ र शीघ्र मल आपूर्ति सुनिश्चित गर्ने व्यवस्था गरिनेछ।”
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया