काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज शहरी विकास मन्त्रालयमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बधाई दिएका छन्।
उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियालाई सफल, पारदर्शी र जनमुखी कार्यकालको शुभकामना व्यक्त गर्दै संघ र प्रदेश सरकारबीच सुदृढ सहकार्य हुने विश्वास व्यक्त गरे। उनले बागमती प्रदेशमा प्रमुख शहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, अव्यवस्थित बसोबासको पुनःव्यवस्थितीकरण र वातावरणमैत्री विकासका कार्यक्रमहरूमा साझा प्रयासलाई विशेष महत्व दिने बताए।
सिंहले संघ र प्रदेश सरकारबीच समन्वयपूर्ण कामले प्रदेशको समग्र विकासमा योगदान पुग्ने अपेक्षा व्यक्त गरे।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया