रसुवा । पासाङल्हामु राजमार्गमा बिहीबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा चार जनाको अवस्था गम्भीर छ।

उत्तरगया गाउँपालिका–५, लहरेपौवामा गत्लाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस अटो साइड दिने क्रममा सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।

advertisement

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीको सहकार्यमा घाइतेहरूको उद्धार गरी त्रिशुली अस्पताल, नुवाकोट पुर्‍याइएको थियो। गम्भीर घाइतेलाई तत्कालै थप उपचारका लागि काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा रिफर गरिएको छ।

गम्भीर घाइते
१. प्रिस्किला तामाङ (२०), आमाछोदिङ्मो–१, रसुवा – काठमाडौं रिफर
२. दावा साङ्मो तामाङ (५१), आमाछोदिङ्मो–१, रसुवा – काठमाडौं रिफर
३. बुद्दि बिक (५४), किस्पाङ–३, नुवाकोट
४. सुनिता तामाङ (२८), आमाछोदिङ्मो–४, रसुवा

मध्यम घाइते
५. गंगा पौडेल (३८), उत्तरगया–२, रसुवा
६. जुनिसा तामाङ (२४), आमाछोदिङ्मो–५, रसुवा
७. गणेश सुनार (२७), मेगाङ–४, नुवाकोट – चालक
८. राजकुमार सेन्चुरी (२१), मेगाङ–३, नुवाकोट – सहचालक
९. तेन्चेन मेन्दु तामाङ (२८), आमाछोदिङ्मो–४, रसुवा
१०. दावा घले (५२), गोसाईकुण्ड–५, रसुवा
११. पासाङ बुटी शेर्पाको २ महिने छोरी – काठमाडौं रिफर
१२. सम्बर लामा (४७), धादिङ
१३. राम माया घले (४०), धादिङ
१४. सोना तामाङ (२७), नौकुण्ड–१, रसुवा
१५. सिता पौडेल (३२), सूर्यगढी–४, नुवाकोट

सामान्य घाइते
१६. बिवश लोप्चन (२१), नौकुण्ड–१, रसुवा
१७. गणेश पौडेल (३८), उत्तरगया–२, रसुवा
१८. जुनिसा तामाङ (२४), आमाछोदिङ्मो–५, रसुवा
१९. दिपेस परियार (१६), गोलाङजोङ, सिन्धुली
२०. सुजन सुनार (उमेर अज्ञात), बिदुर–१३, नुवाकोट

प्रहरीका अनुसार बस दुर्घटनाको कारण प्रारम्भिक रूपमा साइड दिने क्रममा नियन्त्रण गुमाउनु भएको अनुमान गरिएको छ। विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com