काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएकाे थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया