काठमाडौं । खाडी देश कुवेतमा विषाक्त मदिरा सेवनका कारण ६ जना नेपालीको मृत्यु भएको छ भने ३५ जना घाइते नेपाली विभिन्न अस्पतालमा उपचाररत छन्। घाइतेहरूलाई कुवेतका ६ वटा अस्पतालमा भर्ना गरिएको छ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार, कुवेतको परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयले यस घटनाबारे दूतावासलाई जानकारी गराइसकेको छ। हालसम्म विषाक्त मदिरा सेवनका कारण कुवेतका विभिन्न अस्पतालमा ६३ जना विदेशी उपचाररत छन्, जसमा १३ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये ६ जना नेपाली रहेको पुष्टि दूतावास स्रोतले जनाएको छ।

advertisement

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले भने, “हामी निरन्तर कुवेतको परराष्ट्र र स्वास्थ्य मन्त्रालयसँग सम्पर्कमा छौँ। केही नेपालीको मृत्यु भएको र अन्यको उपचार भइरहेको जानकारी प्राप्त भएको छ। हामी घटनाको पुष्टि गर्ने प्रक्रियामा छौँ।”

कुवेतमा मदिरा सेवन कानुनी रूपमा प्रतिबन्धित छ। यद्यपि समय–समयमा नेपालीहरू लुकिछिपी मदिरा सेवन गर्ने घटना बाहिर आउँदै आएको छ। यसपटक विषाक्त मदिरा सेवनका कारण ६ जना नेपालीको मृत्यु भएको घटनाले पुनः चेतावनीको खाँचो देखाएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com