काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा युवाहरूमा देशमै केही गर्ने र रोजगारी सिर्जना गर्ने सकारात्मक भावना बढ्दै गएको बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण सिटी–एभोकाडो सिटी अभियान समापन कार्यक्रममा बोल्दै दाहालले विभिन्न स्थानको भ्रमणका क्रममा युवाहरू र नागरिकको एक ठूलो वर्ग विदेश जाने सोच छोडेर स्वदेशमै अवसर खोज्न लागिपरेको देखिएको बताए। उनले यस्तो प्रवृत्तिलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

advertisement

दाहालका अनुसार, नेपालमा प्रचुर प्राकृतिक स्रोतसाधन, गौरवशाली इतिहास, विविध संस्कृति, जातीय र भाषिक सम्पदा छन्, जुन अरू देशमा दुर्लभ छ। यी सम्पदाबाट नै आत्मनिर्भर र मौलिक विकास मोडेल तयार गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सकिने उनले विश्वास व्यक्त गरे।

उनले भने, “देशभित्रै सम्भावना छ, देशभित्रै सम्भव छ। विदेश जाने मनोवृत्ति परिवर्तन गर्नुपर्छ। सकारात्मक सोचसहित रचनात्मक ढंगले काम अघि बढाउन जरुरी छ।”

अध्यक्ष दाहालले पर्यटन विकासका लागि पनि प्रत्येक पालिकाले आफ्नो क्षेत्रको वास्तविकता पहिचान गरी प्राथमिकता तय गर्ने योजना बनाउन आवश्यक रहेको सुझाव दिए।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com