काठमाडौं । काठमाडौंको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा शुक्रबार तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले संरचना हटाउन डोजर चलाएपछि बस्तीका बासिन्दाले ढुंगामुढा गरेका हुन्। घटनामा केही नगर प्रहरी घाइते भएका छन्।
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार, सरकारी जग्गा अतिक्रमण गरी बनेका घर–टहरा हटाउन खोज्दा प्रतिरोध भएको हो। उनले पटक–पटक सूचना दिइए पनि अटेर गरेपछि बल प्रयोग गर्नुपरेको बताए।
महानगरले करिब २० देखि २५ वटा संरचना भत्काइसकेको छ। अहिले पनि क्षेत्र तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया