काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले हालसालै पार्टी प्रवेश गरेका वामदेव गौतमलाई तेस्रो वरियतामा राखी ‘वरिष्ठ नेता’को पद प्रदान गरेको छ।
शुक्रबार सम्पन्न सचिवालय बैठकको निर्णय अनुसार, गौतमलाई यो पदसहित सम्पूर्ण केन्द्रीय विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
उनका अनुसार, वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको वरिष्ठ नेताको हैसियतमा कार्यभार दिँदै सबै केन्द्रीय विभागहरू समन्वय गर्ने जिम्मा सुम्पिएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया