काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दीर्घकालीन दाबीलाई समर्थन गर्दै सन् २०२२ मा ट्रम्प सत्तामा भएको भए रुस–युक्रेन युद्ध सुरु नै नहुने बताएका छन्।

अलास्कामा भएको तीन घण्टे वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै पुटिनले भने, “राष्ट्रपति ट्रम्पको भनाइप्रति म सहमत छु। यदि २०२२ मा अमेरिकी सत्ता ट्रम्पको नेतृत्वमा हुने हो भने रूसले युक्रेनमाथि आक्रमण गर्ने थिएन।”

advertisement

ट्रम्पले युद्ध सुरु भएको दिनदेखि नै तत्कालीन राष्ट्रपति जो बाइडेनमाथि आरोप लगाउँदै आफू सत्तामा भएको भए युद्ध टार्न सकिने दाबी गर्दै आएका थिए। उनले विभिन्न चुनावी सभादेखि लिएर पदभार सम्हालेपछि समेत बारम्बार २४ घण्टाभित्र युद्धविराम गराउने प्रतिज्ञा दोहोर्‍याउँदै आएका छन्। तर, उनको कार्यकाल सुरु भएको छ महिनापछि पनि युक्रेनमा युद्ध रोकिएको संकेत देखिएको छैन।

शुक्रबारको पुटिन–ट्रम्प वार्तामा पनि युद्धविराम वा ठोस सहमति जुट्न सकेको छैन। पत्रकार सम्मेलनमा पुटिनले अघिल्लो अमेरिकी प्रशासनसँगको सम्बन्धबारे टिप्पणी गर्दै भने, “बाइडेन नेतृत्वको अघिल्लो सरकारसँग हाम्रो सम्बन्ध अत्यन्तै कठिन रह्यो। शीतयुद्धपछिकै सबैभन्दा तलको स्तरमा पुग्यो। यो न रूसका लागि लाभदायी थियो, न विश्वकै लागि। त्यसैले ढिलो–चाँडो संवादमार्फत सम्बन्ध सुधार्नु अपरिहार्य थियो।”

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com