बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज दिउँसो काठमाडौं सारिँदै छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका थिए। उनले जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिए पनि गृह प्रशासनले रोक्का गरेको थियो, यद्यपि अदालतले भने सरुवामा अनुमति प्रदान गरिसकेको थियो।
केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा ज्यान असुरक्षित महसुस भएको बताएका थिए। सोही कारण सरकारले उनलाई काठमाडौं सार्ने निर्णय गरेको हो।
कारागार विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३:१० बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइने तयारी पूरा भएको छ।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार













प्रतिक्रिया