काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा आउँदै छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन्।
विदेश सचिव मिस्री दुई लिन ९आइतबार र सोमबार० नेपालको औपचारिक भ्रमणमा आउन लागेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसरका रूपमा लिइएको दूतावासले उल्लेख गरेको छ।
यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तय हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार












प्रतिक्रिया