काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ ३ गते बिहान ११ बजेका लागि पार्टी पदाधिकारी बैठक आह्वान गरेका छन्।
बैठकमा स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको कार्यतालिका, एकतामा आएका नेताहरूको जिम्मेवारी बाँडफाँड, पार्टी एकताको प्रक्रिया तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने छ।
बैठक प्रचण्डको खुमलटारस्थित निवासमा हुने कि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भन्ने विषय भने अहिलेसम्म टुंगिएको छैन।
यसअघि साउन १९ गते बसेको स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। त्यस्तै, स्थगित जागरण अभियान भदौ १५ गतेदेखि पुनः सुरु गर्ने निर्णयसमेत गरिएको थियो। यस पटकको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया