- फाइल तस्वीर
काठमाडौं । राजु गोर्खालीका नामले परिचित राजेन्द्रबहादुर गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार आइतबार विशेष टोलीले उनलाई चन्द्रागिरी आसपास क्षेत्रबाट नियन्त्रणमा लिएको हो। अहिले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोर्खाली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ का लागि उम्मेदवार सिफारिस भएका थिए। तर, अन्ततः उनलाई पार्टीले टिकट भने दिएको थिएन।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार












प्रतिक्रिया