काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) अब मानिसको दैनिक जीवन र विकास यात्रामा अपरिहार्य भइसकेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार भर्चुअल माध्यममार्फत आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै उनले आईटी बिना आधुनिक समाज र शासन सञ्चालन कल्पना गर्नै नसकिने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, “आईटी आज जीवनको अनिवार्य आवश्यकता बनेको छ । यसले हाम्रो विकासलाई तीव्रता दिनुपर्छ ।”
उनका अनुसार आईटीको प्रभावकारी प्रयोगले देश र समाजलाई व्यवस्थित, सभ्य र उन्नत बनाउन सक्नेछ । सुशासन सुदृढ गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, नागरिकलाई सहज र छरितो सेवा सुविधा उपलब्ध गराउन आईटी महत्वपूर्ण साधन हुने उनको भनाइ थियो ।
सरकारले ‘डिजिटल नेपाल’ को नारासहित सूचना प्रविधिलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले प्रविधिलाई युगअनुकूल प्रयोग गर्न सबै तहमा सचेतता र प्रतिबद्धता आवश्यक रहेको धारणा राखे ।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार












प्रतिक्रिया