काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनालले सोमबार भेटवार्ता गरेका छन्।
भेटवार्ता बत्तीसपुतलीस्थित होटल द्वारिकामा केहीबेर अघि सम्पन्न भएको हो।
मिश्री दुई दिने नेपाल भ्रमणमा रहेका छन् र उच्चस्तरीय राजनीतिक भेटघाटको एक भाग हिजो नै सम्पन्न गरिसकेका थिए। आज स्वदेश फर्किनुअघि उनले हिजो भेट्न नपाएका अन्य दलका नेताहरूसँग छलफल गरिरहेका छन्।
उक्त क्रममा उनी मधेसी केन्द्रित दलका नेताहरूसँग पनि होटलमै भेटघाटमा रहेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्ता दिनका लागि मिश्री नेपाल आउनुभएको हो।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया