काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाकसमेत प्रदान गर्नुपर्ने विषय नियमावलीमा समावेश गर्न प्रस्ताव गरेका छन्।

सोमबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पन्तले निजी विद्यालयले छात्रवृत्तिमा आवास र पोशाक पनि दिनुपर्ने सहमति अनुरोध गर्दै प्रस्ताव राखेका हुन्। यसअघि आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन।

advertisement

गत २२ साउनमा बसेको समितिको बैठकमा यसबाट आवास र पोशाक हटाउने प्रस्ताव आएको थियो, तर सदस्यहरूले अस्वीकृति जनाएपछि पारित हुन सकेको थिएन। यस विषयमा असहमति देखिएपछि निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन सुरु गरेका छन्।

त्यसैगरी, शिक्षक महासङ्घले पनि विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com