काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता भएको हो ।
उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष २०८२÷८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजना किन सकिएनन् ? भन्दै प्रश्न गरे ।
“कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुप¥यो, समयमा गर्नुपर्ने निर्णय समयमा हुनुप¥यो । पन्छिने प्रवृत्तिले समयमा काम हुन सक्दैन । गर्नुपर्ने काम समयमा गर्नुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ”, उनले भने, “सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।”
उनले अघिल्लो आवमा भएका कमजोरी नदोहो¥याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिवसहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रधानमन्त्री सिंंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।
- रासस
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया