काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताबीच बढ्दै गएको असन्तुष्टिको समाधान गर्ने जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने बताएका छन्।

सोमबार पार्टीका शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही समूहहरूले असन्तुष्टिको आगोमा मट्टितेल खन्याइरहेको उल्लेख गर्दै कांग्रेसले त्यसलाई निभाउने काम गर्नुपर्ने बताए।

advertisement

‘हामी संघ, प्रदेश र स्थानीय सरकारमा छौँ। सत्ता, शक्ति र नेतृत्व हाम्रो हातमा छ,’ थापाले भने, ‘त्यसैले असन्तुष्टिको आगोलाई काम गरेर निभाउनुपर्छ। अनावश्यक आरोपबारे स्पष्ट पार्नुपर्छ र हाम्रो कारणले भएको कमजोरीलाई सच्याउनुपर्छ।’

महामन्त्री थापाले कांग्रेसभित्र शुद्धीकरण र जागरण आवश्यक रहेको बताउँदै पार्टी नेतृत्वमा आत्मविश्वासको कमी देखिएकोमा चिन्ता व्यक्त गरे।

‘समस्याको समाधान हामी दिन सक्छौँ भन्ने आत्मविश्वास चाहिन्छ,’ उनले भने, ‘८ लाख सदस्य भएको यो ठूलो परिवार सफा र सुदृढ बनाउन हामी आफैं जुट्नुपर्छ।’

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com