काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयास भए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
यदि औपचारिक प्रस्ताव दर्ता हुन्छ भने हामी प्रतिवादमा जानेछौं। अहिले प्रतिपक्षी बेञ्चमा बसेको दल भएकाले हाम्रो भूमिकासमेत त्यसैअनुसार हुनेछ।” एकीकृत समाजवादीसँग प्रतिनिधिसभामा हाल १० जना सांसद छन्।
यसैबीच नेपाली कांग्रेस र नेकपा एमालेले भने उपसभामुखलाई हटाउन आवश्यक हस्ताक्षर संकलन सुरु गरिसकेका छन्।
प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार, सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको ठहर भए, तत्काल कायम सदस्यको एक चौथाइ अर्थात् ६९ जनाको समर्थनसहित प्रस्ताव दर्ता गर्न सकिन्छ। तर, प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत आवश्यक हुन्छ।
हाल प्रतिनिधिसभामा २७४ सदस्य बहाल छन् (रुपन्देही–३ का सांसद दिपक बोहराको निधनपछि एक सिट रिक्त छ)। यसअनुसार, उपसभामुखलाई पदमुक्त गर्न १८३ सांसदको समर्थन चाहिन्छ।
संसदको शक्ति समीकरणअनुसार कांग्रेसका ८८ र एमालेका ७९ गरी १६७ मत हुन्छ। सत्तापक्षमै रहेका जनता समाजवादी पार्टीका ७, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद मिलाए पनि बहुमत पुग्न मुस्किल छ।
त्यसपछि समीकरण निर्धारणमा नेकपा माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२१), राप्रपा (१३), एकीकृत समाजवादी (१०), जसपा (५), नेमकिपा (१), जनमोर्चा (१), आजपा (१) र स्वतन्त्र सांसद २ को भूमिका निर्णायक देखिन्छ।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया