काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी र व्यावसायिक गतिविधि सञ्चालन गर्न कुनै बाधा नरहेको स्पष्ट पारेका छन्।

भृकुटीमण्डपमा मंगलबार उद्घाटन भएको १७औँ नाडा अटो शोको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रगतिसँगै नेपालको विकासमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

advertisement

प्रधानमन्त्री ओलीले युवाहरूलाई नयाँ ढंगले काम गर्न र नवीनतम परियोजना अगाडि बढाउन सरकारले पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाए।

‘हामीले देशको अग्रगमन र आधुनिकीकरणका लागि आवश्यक नीतिगत संरचना र पूर्वाधार तयार पारेका छौं। लगानी र व्यवसायमा कुनै बाधा छैन। असन्तुष्ट हुने कारण छैन,’।

प्रधानमन्त्री ओलीले थपे, ‘उत्तर र दक्षिणमा नयाँ तथा पक्की सडक मार्ग निर्माण भइरहेको छ, अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन्। हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन र प्रविधिमा रुपान्तरण भइरहेको छ। यी सबैको उद्देश्य विकास र समृद्धि हो। तपाईंहरू ढुक्क भएर अगाडि बढ्नुस् र देशको विकासमा योगदान दिनुस्।’

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com