काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानामगरसँग सम्बन्धित प्रश्न उठेकाले त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा सत्तारुढ दलबीच छलफल भइरहेको बताएका छन्।

मंगलबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भने, “उपसभामुखज्यूका विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ। त्यसको विधिसम्मत समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।”

advertisement

सञ्चारकर्मीहरूले प्रमुख सचेतकहरूले उपसभामुख हटाउनका लागि सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेका छन् भन्ने खबरबारे सोध्दा बर्तौलाले जवाफ दिए, “यसमा प्रमुख सचेतकको इच्छा मात्र पर्याप्त हुँदैन।”

बैठकमा सदनमा अल्झिएका शिक्षासम्बन्धी विधेयक, सङ्घीय निजामती सेवा विधेयक, भूमिसम्बन्धी विधेयक लगायतका विषयमा सत्तारुढ दलबीच साझा धारणा बनाउन छलफल भएको जानकारी उनले दिएका छन्।

बर्तौलाका अनुसार, असमझदारीलाई छलफल र समझदारीको माध्यमबाट समाधान गरी विधेयकहरू व्यवस्थित रूपमा पारित गरिनेछ

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com