काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी निरीक्षक दिनेश गुरुङलाई पक्राउ गरी थुनामा राखेको छ। उनको पूर्वपत्नीको जाहेरीका आधारमा गुरुङविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार परिसरका एसपी चक्रराज जोशीले थुनामा राखिएको पुष्टि गरेका छन्।

advertisement

थुनामा परिनु अघि गुरुङले फेसबुकमा आफ्नो पक्ष प्रस्तुत गर्दै पूर्वपत्नीबाट पीडित भएको बताए। उनले भनेका छन्, “पूर्वपत्नीसँगै रहेकी छोरीलाई भेट्न गइसकेको अवस्थामा ममाथि अभद्र व्यवहार भएकोले प्रतिकार गरेको हुँ।”

साथै, उनले आफ्नो कार्यस्थलमा पनि पूर्वपत्नीले डीएसपी र दुई जना इन्स्पेक्टरसामु हातपात गरेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com