काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाबारे न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन्।

किराँतीले उक्त उडान गैरनागरिक उड्डयन भएको बताउँदै यसको छानबिन पुनः गर्न आवश्यक रहेको बताए। उनले भने, चित्तबुझ्दो प्रतिवेदन नआएको कारण न्याय सुनिश्चित गर्न अनेकौं पटक छानबिन गर्नुपर्छ। प्रतिवेदनमा प्राविधिक त्रुटि मात्र उल्लेख भएको भए पनि के-कस्तो गल्ती हुनुहुन्नथियो भन्ने कुरा समेटिएको छैन।

advertisement

सांसद किराँतीले थपे, “गैरनागरिक उड्डयन हो। चालक दल र आवश्यक प्राविधिक मात्र जहाजमा चढ्न पाउने व्यवस्था छ, तर अन्य यात्रु पनि जहाजमा राखिएको छ। प्रतिवेदनमा भनियो सबै कुरा ठिक छ तर वास्तविक समस्या के थियो भन्ने कुरा समेटिएको छैन। ग्राउण्डेड जहाजमा को मान्छे लैजानु हुँदैन भन्ने कुरा समेत उल्लेख छैन। न्याय पाउन धेरै पटक छानबिन हुनु अनिवार्य छ। मन्त्रीज्यु संरचनागत र नीतिगत सुधारका लागि लागिरहनुभएको बेला यस्तो लापरबाहीपूर्ण रिपोर्ट छोड्दा देशले न्याय पाउँदैन।”

किराँतीले जहाजको ढोका ठीकसँग नलाग्ने, मर्मतका लागि कहिले आउँछौ भनेर ढिला गरिने जस्ता लापरबाही प्रचलित रहेको पनि बताए।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com