काठमाडौं ।  नेपाली प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक स्थगित भएको जानकारी दिएका छन्।

उपाध्यायका अनुसार, पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकताका कारण बैठक स्थगित गरिएको हो।

advertisement

मंगलबार बसेको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासको माध्यमबाट सरकारले अधिनायकवादी र निरङ्कुशतर्फ अघि बढ्ने संकेत गरेको निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com