काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसद् सचिवालयलाई सत्तापक्षमा बस्ने जानकारी दिएको छ।

गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने निर्णय गरेपछि नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए।

advertisement

तर त्यसको ४५ दिनपछि, हिजो पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयमा निवेदन पेश गरेकी छन्। संसद् सचिवालय स्रोतका अनुसार, यो विषय आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com