काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइराला ले कुवेतमा नेपाली श्रमिकको मृत्यु र गम्भीर बिरामी परेका घटनाबारे प्रतिनिधि सभालाई जानकारी गराउन माग गरेकी छन्।

बुधबार संसद् बैठकमा बोल्दै सांसद कोइरालाले कुवेतमा १२ जना नेपाली श्रमिकको मृत्यु भएको र केही गम्भीर रूपमा बिरामी भएर आइसियूमा उपचार भइरहेका नेपालीको अवस्था बुझ्न श्रममन्त्रीले सदनलाई विवरण दिनुपर्ने बताइन्।

advertisement

उनले भने, “१२ जनाको निधन भयो। केही कामदार आइसियूमा छन्। कसैको किड्नी फेल भएको, कसैको आँखा बिग्रिएको छ। हिजोदेखि धरपकड सुरु भएको छ भन्ने कुरा सुनियो। यत्रो ठूलो घटना हुँदा हामी रेमिट्यान्स गन्न उद्वत छौं।”

सांसद कोइरालाले श्रमिकहरूलाई विदेश पठाउनुअघि अभिमुखीकरण तालिम दिने क्रममा जबरजस्ती पैसा असुलिने र आवश्यक जानकारी नदिइने कुरा पनि औँल्याइन्। “पैसा लिएर दिएको सर्टिफिकेट काम लागेन। तालिम दिँदा कुवेतमा रक्सी सेवन गर्न पाइँदैन भनेर जानकारी दिनुपर्छ कि पर्दैन? बारम्बार यस्ता घटना भइरहेका छन्। सरकार र श्रम मन्त्रालय के हेरेर बसेको छ? मेनपावर कम्पनीले दिनानुदिन श्रमिक ठगिरहँदा पनि?” उनले प्रश्न गरिन्।

सांसद कोइरालाले बिरामीका लागि सरकारले के-के गरिरहेको छ भन्ने विषयमा पनि सदनलाई स्पष्ट जानकारी दिन आग्रह गरे। उनले भनिन्, “श्रमिकहरूको लास कहिले नेपाल आउनेछ? बिरामीका लागि सरकारले के गरिरहेको छ भन्ने कुरा सदनलाई जानकारी गरिनुपर्छ।”

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com