काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले उपसभामुख इन्दिरा राना मगरमाथि उठेका प्रश्न समाधान गर्न न्यायिक छानबिन अनिवार्य भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेस र एमाले मिलेर संवैधानिक परिषद्मा बहुमत कायम गर्न उपसभामुखलाई हटाउन खोजेको आरोप लगाए। “यदि उपसभामुखमाथि लागेको आरोपको बिट मार्ने हो भने न्यायिक छानबिन गर्नुपर्छ,” उनले भने, “तर परिषद्लाई आफ्ना मान्छे राख्ने भर्ती केन्द्र बनाएर निरंकुश शैलीमा सत्ता चलाउने प्रवृत्ति मान्य हुँदैन।”

advertisement

किरातीले सुशासन र लोकतन्त्रका पहरेदार दाबी गर्ने ठूला पार्टीहरूले देशलाई असफलतातिर धकेलिरहेको आरोप समेत लगाए।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com