काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको एकता नै कांग्रेसलाई बलियो बनाउने मूल मन्त्र भएको बताएका छन्।

बुधबार काठमाडौंमा प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको स्मृति दिवस कार्यक्रममा बोल्दै लेखकले भने, “नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने पार्टीमा समस्या हुँदैन र कसैले कांग्रेसलाई कमजोर बनाउन सक्दैन। हाम्रो मूल मन्त्र हो — एकता, एकता, एकता।”

advertisement

उनले एकता कुनै अमूर्त विषय नभई लोकतान्त्रिक पार्टीमा विचार फरक हुनसक्ने भए पनि साझा उद्देश्यका लागि सहकार्य आवश्यक भएको उल्लेख गरे। लेखकले उदाहरण दिँदै भने, “जस्तो सुन्दर भवन बाहिर देखिन्छ, त्यसको आधारभूत माटो र जगलाई नबिर्सिए त्यही टिकाउ रहन्छ। पार्टी पनि त्यस्तै छ, नेताहरू आफैं आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी कमजोर हुन्छ।”

गृहमन्त्री लेखकले कांग्रेसका नेताहरू आपसमा सहकार्य गरेर मात्रै पार्टी बलियो र स्थायी बन्ने बताए।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com