काठमाडौं । जननेता मदन भण्डरीको ७५ औँ हिरक जयन्ती मनाउन काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलिएको छ।

बिहीबार दिउँसो उक्त कार्यालयको औपचारिक उद्घाटन हुँदैछ। दिउँसो २ बजे एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

advertisement

विद्याकै पहलमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन गरिएको छ। जसको अध्यक्ष बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल छन्।

२०४८ सालमा मदन र २०५१ मा विद्याले नै चुनाव प्रचार प्रसार गर्न उक्त घरमा कार्यालय खोलेका थिए। अहिले विद्याले त्यही घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन्।

एमालेको साउन ५–६ को केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो। तर उनले आफ्नो राजनीतिक यात्रा नरोकिने अडानसहित कार्यकर्तासँग सम्पर्क व्यापक बनाउन कार्यालय खोलेकी हुन्।

 

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com