काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति प्रवेश गर्नुअघि साहित्य नै आफ्नो पहिलो रुचि रहेको बताएका छन्।
बुधबार काठमाडौँमा साहित्यकार तथा कवि बाबा बस्नेतका तीन कृति — रङ्गीन घरहरू (कथा सङ्ग्रह), ढुङ्गामा आकार (कविता सङ्ग्रह) र आवाज (श्रव्य नाटक सङ्ग्रह) — सार्वजनिक गर्दै प्रचण्डले सक्रिय राजनीतिमा आउनुअघि आफू साहित्य, कला र संस्कृतिप्रति गहिरो मोह राख्ने व्यक्तित्व भएको स्मरण गरे।
उनले साहित्य र कला संस्कृतिलाई समाज र व्यक्तिगत जीवनको संवेदनशील र प्रभावशाली आयामका रूपमा व्याख्या गर्दै भने, “राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो। प्रधानमन्त्री भएपछिको पहिलो कार्यकालमा पनि कला, संस्कृति र खेलकुदलाई राष्ट्रिय प्राथमिकतामा राखेर त्यसको विकासका लागि सक्दो प्रयास गरेको थिएँ।”
हाल मुलुक जटिल र संवेदनशील राजनीतिक चरणबाट गुज्रिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले राजनीतिलाई स्थिर र सही दिशामा अघि बढाउन आफू सक्रिय भूमिकामा रहेको स्पष्ट पारे।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया