काठमाडौं । विश्वव्यापी आलोचनाबीच इजरायलले गाजा पट्टी कब्जा गर्ने घोषणा अनुसार सैन्य कारबाही सुरु गरेको छ। अलजजिराका अनुसार मंगलबार मात्र इजरायली हमलामा कम्तीमा ८१ जना प्यालेस्टिनी नागरिक मारिएका छन्।

इजरायलको रक्षा मन्त्रालयले गाजा कब्जा अभियानका लागि सेनालाई अनुमति दिएको हो। हमासले युद्धविरामका लागि सहमति जनाएको दाबी भए पनि इजरायलले आक्रमण रोक्न अस्वीकार गरेको छ। रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौता तोड्दै निर्दोष नागरिकमाथि हिंसा बढाएको आरोप लगाएको छ।

advertisement

२२ महिनादेखि जारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले प्रयास गरिरहेका बेला इजरायलले थप ६० हजार रिजर्भ सैनिकलाई मोर्चामा पठाएको छ। गाजाका सबैभन्दा घना बस्ती भएका क्षेत्रहरूमा सैन्य अपरेशन केन्द्रित गर्ने तयारी इजरायली सेनाले जनाएको छ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com