काठमाडौं । चीनलाई गोप्य जानकारी बेचेको आरोपमा अमेरिकी नौसेनाका एक नाविकलाई दोषी ठहर गरिएको छ।
क्यालिफोर्नियामा तैनाथ २५ वर्षीय जिन्चाओ वेईलाई जासुसीसम्बन्धी छवटा मुद्दामा दोषी ठहर गरिएको हो। ती आरोपहरूमा जासुसी, जासुसीको षड्यन्त्र तथा अमेरिकी नौसेना जहाजसँग सम्बन्धित संवेदनशील विवरण अवैध रूपमा चीनलाई उपलब्ध गराएको विषय समावेश छन्।
वेईको सम्पर्क सामाजिक सञ्जालमार्फत एक चिनियाँ एजेन्टसँग भएको र त्यहीँबाट उनी गोप्य जानकारी आदानप्रदानमा संलग्न भएको तथ्य बाहिर आएको बताइएको छ।
“नाविकले अमेरिकी सेनाको सदस्यका रूपमा आफूमाथि राखिएको विश्वाससँग गम्भीर विश्वासघात गरेका छन्,” अमेरिकी वकिल एडम गोर्डनले प्रतिक्रिया दिँदै भने।
उनका अनुसार, आर्थिक लोभका कारण वेईले चीनलाई सैन्य गोप्य विवरण उपलब्ध गराएर आफ्ना साथीहरू र राष्ट्रको सुरक्षालाई प्रत्यक्ष जोखिममा पारेका छन्।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया