काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानमा राउटे समुदायले समेत समर्थन जनाएका छन्।

रास्वपाले लामिछानेविरुद्ध गरिएको भनिएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप असार ७ गतेदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको हो। अभियानअन्तर्गत हालसम्म ३४ लाखभन्दा बढी हस्ताक्षर भइसकेको छ भने ६५ लाख रुपैयाँ सहयोग संकलन भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

advertisement

उनका अनुसार सुदूरपश्चिमको कञ्चनपुरबाट सुरु भएको अभियान अहिले देशव्यापी रूपमा फैलिएको छ। यस क्रममा राउटे समुदायका सदस्यहरूले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेर समर्थन जनाएको रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार अभियानलाई पश्चिमदेखि पूर्वसम्म निरन्तरता दिइने छ। उनले भन्ने

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com